फलावाङका फुत्तबहादुर फुयाँलको फुर्ती नै अर्कै। फुलेको फराकिलो छाती, फररर परेको फलाटिनको फिर्फिरे कमीज, त्यसमाथि फराँसिला मिजास भएका फुर्तिला फुत्तबहादुर, अनी उनकी फ्यावुलोस वाइफ फूलमाया!
फुत्तबहादुरको फुर्ती को बारेमा त फेरीटेल नै छ: एकपल्ट गाउँमा फिटीक्कै पानी नपर्दा फुत्तबहादुर फजित भई फलावाङबाट फुत्त निस्केर फाँटै फाँट फटाफट हिंड्दै फर्पिङ्हुँदै फार्बिसगन्ज सम्म पुगे रे। फार्बिस्गन्जमा कताबाट एउटा फिरन्ते फकिर फेला परे रे। फकिर ले फुत्तलाई आफ्नो फन्दामा फँसाउन खोज्दा उल्टै फटाहा फकडालाईनै दस फन्को फनफनी घुमाएर पाता कसी दिए रे। फिटिफिटी परेका फटाहा फक्कडले फट मानी अफुसँग भएको वडेमानको फटिक दिन्छु भनेर फुत्तलाई फकाउन खोजेछन। फितला फकुल्लो हुन र फुत्त बहादुर? त्यत्तिकैमा फक्लक्क फुत्किनेवाला थिएनन् ति फटाहा फकिर! पीडाले फक्र्याक-फुक्रुक परेका फकिरले फटिकको हारको साथै विना पानीकै फकाफक फल्ने फक्फकाउँदो फर्सीको वियाँ दिन्छु भनेपछी मात्रै फुत्तले आफ्नो रिसानी फर्छाएका रे।
फिरन्ते फकिरले दिएको वडेमानको फटिक अनी फलाइलो फर्सीको वियाँ बोकेर फलावाङ फर्किदै गर्दा फेटावाल सिख फरिकसिंंहसँग उन्को भेट भयो रे। नीज फरिक सिंंह परेछन रे फलाटिनका ब्यापारी! फुत्तले फटाहा फकिरको कथा सुनाउँदा फरिकसिंंहले फजुल फगल्टा फकफक भनेर फुत्तलाई फट्कारेछन। आफुलाई फन्टुस फतौरो भन्दै फरिकर्सिंह फाँकिएपछी फन्कीएका फुत्तले पनि फिरन्ते फकिरले दिएको विना पानीकै फकाफक फल्ने फक्फकाउँदो फर्सीको एउटा वियाँ निकलेर फ्यात्त फ्यांकिदिए रे। फर्सिको वोट फस्टाइहाल्यो! फरिकसिंहले फलुवा फर्सिको विउको फर्माइस गरे, फुत्तले फलाटिनको। फुत्तले फर्सिको एउटा वियाँ दिएर फरिकसिंहसँग जीवनभरी फलाटिन लिने फर्स्योट गरे रे। त्यस दिन फुत्त बहादुर फुयाँलले आफ्नो फलालो फोहोरी फत्तु फाली फररर फर्फराउने फलटीनको नयाँ कमीज फेरेका रे। अनी त्यस दिन देखी फुत्तले फलाटिनको फिर्फिरे कमीज बहेक अरु केही फेरेकै छैनन रे।
फिरन्ते फकिरले दिएको वडेमानको फटिक, फलाइलो फर्सीको वियाँ, अनी फरिक सिंह ब्यापारीको फलाटिन बोकेर फलावाङ फर्कदै गर्दा फर्पिङंमा फुत्तले एउटा राम्रो फुलबारी देखे रे। फार्बिस्गन्ज देखी फर्पिङसम्मको लामो सफरले फतक्क गलेका फुत्तले त्यही राम्रो फुलबारिमा फजिरसम्म आराम गर्ने निधो गरेछन। फूलबारीमा फुलेका फुलहरु र फुलहरु विच उफ्रिरहेका फट्यङ्रा टिपिरहेको फिस्टे फल्कोनेटको अबलोकन गर्दै बस्दा उनको नजर फुलबारीको कुनामा फलेकमाथि फरिया फिजएर फुत्ततिरै फर्केर फल फकार्दै गरेकी फूलमायामाथी पर्न गयो रे। फुलमायाको फिलिङगी रूपले फुत्तको मनमा फोस्फोरोस हाल्या फसेलझैं फीलिङ फस्टिएछ। लभ-आट-फर्स्ट-साइट।
त्यस्ती राम्री फुलमायालाई फुत्किन नदिने फुत्तले निधो गरे रे तर उनिसँग कुरा गर्ने आँट आएन रे फुत्तको। फुत्तलाई परेछ फसाद! फुलमायाको सुन्दर्तामा मन्त्रमुग्ध भएर फुत्त चैं त्यही फुलबारीको फन्को लगाउन थाले रे। फाईनल्ली शाहसको फाँको हालेर फुत्तले फूलमायालाई एउटा फूल दिएछन। फुलमायाको फुर्फुरिने वानी त थिएन तरपनी फुलेको फराकिलो छातीलाई फररर फहराउने फलाटिनको फिर्फिरे कमीजले ढाकेका फराँसिला फुत्तबहादुर जस्ता फुर्तिला, फ्याशनेवल, र फ्रेन्डली नवजवानलाई देखेर फूलमाया पनि दंग परिछिन्। फुलमायाको फतफताउने वानी पनि थिएन, तरपनी फुत्तले फटाहा फक्कडसँग लिएको फटिकको फ्यान्सी हार बनाइदिन्छु भनेपछी त फुलमाया फुरुक्कै भाईहालिन रे! आफन्तको नाममा एउटै मात्रै फूफू भएको कुरा फुलमायाले फुत्तलाई बताइन रे अनी त्यही फकर्ताउली फास्फुसे फूफूसँग भेटेर फागुनमा फुत्तले आफ्नो बिहे फूलमायासँग फट्ट गरे रे।
फिरन्ते फकिरको फलाइलो फर्सिको बिउ अनी फरिक सिंह ब्यापारीको फलाटिन बोकेर वडेमानको फटिकको फ्यान्सी हार लगाई फलाटिनकै फरियामा बेरिएकी फिलिङगी फुलमाया सँगै प्रफुल्लितहुँदै फुत्तबहादुर फुयाँल फलावाङ फर्के। फलावाङ फर्केर फुत्तले फेदिको फांट पुरै फाँडेर आफ्नो घर बसाएछका छन। फुत्तको नयाँ घर उसलाई सार्है फापेको छ। फिरन्ते फकिरको फर्सी फलाइलो भा’को छ। फरिक सिंह ब्यापारीले पनि फलाटिन सालैपिच्छे पठाउदै गरेकाछन्। फूलमायाको माया पनि फुत्तले टन्नै पाएकाछन्। फुत्त बहादुरको फुर्ती नै अर्कै भएको छ। फुत्त र फुलमायालाई अब केही फिक्री छैन तरपनी उनीहरुको स्वभाब फेरिएको छैन। फालाफाल भये पनि फारो गर्ने बानी छ फुलमायाको, फुकाफाल भएकी छैनन्। फुत्तबहादुर पनि फाल्तु फाइफुट्टी लाउँदैनन्। फुत्त बहादुरको फर्सीको फयल अहिले फिन्ल्यान्ड देखी फ्लोरिडासम्म फैलिएको छ। दुनियाँ भरिका मान्छेहरु फुत्तसँग फकेबूक फ्रेन्डस भएका छन। आफ्नो बिहेको वार्षिकोत्सव मनाउन प्रतेक फागुनमा फुर्सद निकलेर फुत्त र फुलमाया फर्पिङको त्यही राम्रो फुल्बारिमा फोगिन र फुकुन्डालाई फर्सिको खीर र फलफूल खुवौंछन; फलाटिनको पछेउरा ओढाउँछन्। एक साल त ति फुकुन्डाहरु मध्ये ति फटाहा फक्कडसँग पनि थियो रे।
फगत||
भोली भोली भन्दै भुँडी पल्टाउने भैरब अर्याल बाट प्रेरित र निस्ट २००० ब्याच सेक्सन-सिका सम्पूर्ण साथीहरुमा समर्पित||